फुटबल

म्यानचेस्टर सिटीका प्रशिक्षक गुआर्डियोलाले क्लब छाड्ने सम्भावना

इकागज |
जेठ १४, २०८१ सोमबार १६:४५ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले क्लब छाड्ने सम्भावना रहेको छ ।

गुआर्डियोलाले सन् २०२४/२५ को सिजनको अन्त्यपछि क्लब छाड्न सक्ने सम्भावना रहेको आईएएनएसले जनाएको हो ।


सन् २०१६ मा क्लबमा आबद्ध भएका गुआर्डियोलाले सिटीलाई ६ वटा प्रिमियर लिग, ४ वटा कारबाओ कप, २ वटा एफ कप तथा १ वटा च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

उनले सिटीलाई लगातार चारपटक प्रिमियर लिगको उपाधि दिलाउने कीर्तिमान समेत कायम गरेका छन् ।

तर डेली मेलले जनाएअनुसार गुआर्डियोलाले अर्को सिजनमा सिटी छाड्ने योजनामा रहेका छन् ।


Author

थप समाचार
x