फुटबल

इंग्ल्यान्डका कप्तान ह्यारी केनले बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने

इकागज |
चैत ११, २०८० आइतबार १०:१२ बजे

काठमाडौँ- इंग्ल्यान्डका कप्तान ह्यारी केनले बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

खुट्टाको चोटका कारण उनले मंगलबार राति हुने बेल्जियमविरुद्धको मैत्रीपूर्ण फुटबल खेल गुमाउने भएका हुन् ।


मैत्रीपूर्ण खेल गुमाउने भएपछि केन जर्मन क्लब बायर्न म्युनिखमा फर्किएका छन् ।

शनिबार राति ब्राजिलविरुद्ध इंग्ल्यान्डले १-० गोलअन्तरको पराजय भोग्दा ३० वर्षीय केनले उक्त खेल पनि गुमाएका थिए ।


Author

थप समाचार
x