फुटबल

केपी ओली कप : फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै

इकागज |
फागुन १९, २०८० शनिबार ६:५० बजे

काठमाडौँ- जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुँदैछ ।


बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।


Author

थप समाचार
x