फुटबल

हडर्सफिल्डको पोस्टमा म्यानचेस्टर सिटीको पाँच गोल, लिभरपुलसँग आर्सनल पराजित

इकागज |
पुस २३, २०८० सोमबार ९:५७ बजे

काठमाडौँ- एफए कप फुटबलअन्तर्गत इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले हडर्सफिल्डमाथि शानदार जित हात पारेको छ ।

आइतबार राति एतिहाद स्टेडियममा भएको तेस्रो चरणको खेलमा सिटीले हडर्सफिल्डलाई ५-० गोलअन्तरले पराजित गर्‍यो । यससँगै सिटी एफए कपको चौँथोँ चरणमा प्रवेश गरेको छ ।


सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा जुलियन अल्भारेज र जेरेमी डोकुले एक-एक गोल गरे । हडर्सफिल्डका बेन ज्याकसनले एक आत्मघाती गोल गरे ।

एफए कपअन्तर्गत नै लिभरपुलले आर्सनललाई २-० गोलअन्तरले पराजित गर्दै चौँथोँ चरणमा स्थान सुरक्षित गर्‍यो ।

लिभरपुलको जितमा लुइस डियाजले एक गोल गर्दा आर्सनलका जाकुब किविओरले एक आत्मघाती गोल गरे ।


Author

थप समाचार
x