फुटबल

रियल म्याड्रिड कोपा डेल रेको राउण्ड १६ मा

इकागज |
पुस २२, २०८० आइतबार १०:२६ बजे

काठमाडौँ- रियल म्याड्रिड स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ ।

गएराति भएको खेलमा रियल म्याड्रिडले अरान्डिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको कोपाक डेल रे को राउण्ड १६ मा पुगेको हो ।


रियल म्याड्रिडको जितमा जेसेलु, ब्राहिम डियाज र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै अरान्डिनाका लागि एक गोल रियल म्याड्रिडका नाचोले आत्मघाती गोल गरेका थिए ।

योसँगै अहिलेसम्म यस सिजनको कोपा डेल रे को राउण्ड १६ मा रियल म्याड्रिडसँगै आल्भेज, एटलेटिको म्याड्रिड, गेटाफे, गिरोना र रायो भेल्लेकानो पुगिसकेका छन् ।


Author

थप समाचार
x