फुटबल

किन ब्राजिल फुटबल टिम बन्यो प्रशिक्षकविहीन ?

इकागज |
पुस २१, २०८० शनिबार १७:३१ बजे

काठमाडौँ- ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) ले प्रशिक्षक फर्नान्डो डिनिजलाई बर्खास्त गरेपछि ब्राजिलको राष्ट्रिय फुटबल टिम प्रशिक्षकविहीन बनेको छ ।

अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त भएका फर्नान्डोको सम्झौता अवधि एक वर्ष बाँकी छँदै सीबीएफले उनलाई बर्खास्त गरेको रोयटर्सले जनाएको छ ।


सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत फर्नान्डोको प्रशिक्षणमा ब्राजिलले केवल ६ खेल खेलेको छ । तर, तीमध्ये ब्राजिलले ३ खेलमा पराजय भोग्दा दुई खेलमा जित हात पार्यो । एक खेलमा ब्राजिलले अंक बाँडेको थियो ।

सीबीएफका अध्यक्ष इडनाल्डो रोड्रिगेजले स्थायी प्रशिक्षक नियुक्त गर्ने उद्देश्यले फर्नान्डोलाई बर्खास्त गरिएको जनाएका छन् ।


Author

थप समाचार
x