फुटबल

ब्राजिलका महान फुटबलर मारियो जागालोको ९२ वर्षको उमेरमा निधन

इकागज |
पुस २१, २०८० शनिबार १३:४९ बजे

काठमाडौँ- ब्राजिलका महान फुटबल खेलाडी मारियो जागालोको ९२ वर्षको उमेरमा निधन भएको छ ।

मारियोको शनिबार निधन भएको रोयटर्सले उल्लेख गरेको छ ।


खेलाडी र प्रशिक्षकको रुपमा मारियोले ब्राजिललाई चारवटा फिफा विश्वकपको उपाधि दिलाएका थिए ।

ब्राजिलका लागि विंगरको रुपमा खेलेका मारियोले सन् १९५८ मा ब्राजिलले पहिलोपटक फिफा विश्वकपको उपाधि जित्दा उनी टिमको सदस्यको रुपमा रहेका थिए ।

सन् १९६२ मा मारियोले पुनः ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए ।

सन् १९७० मा पेले, जाइरजिन्हो, रिभेलिनो र टोस्टाओजस्ता खेलाडीले ब्राजिललाई विश्वकपको उपाधि दिलाउँदा मारियो प्रशिक्षकको रुपमा रहेका थिए ।

त्यससँगै खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने उनी पहिलो व्यक्ति बनेका थिए ।

सन् १९९४ मा प्राजिलले चौँथोँपटक विश्वकपको उपाधि हात पार्दा मारियो सहायक प्रशिक्षक थिए ।


Author

थप समाचार
x