फुटबल

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

इकागज |
पुस १९, २०८० बिहीबार ८:४७ बजे

काठमाडौँ- पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।


पिएसजीको जितमा ली कांग इन र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

फ्रेन्च सुपर कप हरेक वर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेताबीच खेल्ने गरिन्छ । पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औँ पटक जितेको छ ।

२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो ।

टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ ।


Author

थप समाचार
x