फुटबल

मिडफिल्डर सार सन् २०३० सम्म टोटेनहममै रहने

इकागज |
पुस १८, २०८० बुधबार १०:५५ बजे

काठमाडौँ- इंग्लिस फुटबल क्लब टोटेनहमका मिडफिल्डर पापे माटर सारले सन् २०३० सम्म टोटेनहमबाटै खेल्ने भएका छन् ।

सेनेगलका २१ वर्षीय डिफेन्डर सारले टोटेनहमसँग साढे ६ वर्षका लागि नयाँ सम्झौता गरेसँगै उनी सन् २०३० सम्म टोटेनहममै रहने भएका हुन् ।


उनले जारी सिजनको इंग्लिस प्रिमियर लिगमा टोटेनहमका लागि १८ खेल खेलेका छन् ।

सार यसै महिनामा सुरु हुने अफ्रिका कप अफ नेसन्सका लागि सेनेगलको टिममा समेटिएका छन् । तर गत आइतबार टोटेनहमले बर्नमाउथमाथि ३-१ गोलको जित हात पार्दा सार घाइते भएका थिए ।

जसका कारण उनले आइभरी कोस्टमा जनवरी १५ बाट सुरु हुने अफ्रिका कप अफ नेसन्स गुमाउने सम्भावना रहेको बताइएको छ ।

सेनेगलले पहिलो खेल गाम्बियाविरुद्ध खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x