फुटबल

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

इकागज |
मंसिर २१, २०८० बिहीबार ७:५८ बजे

काठमाडौँ- इङ्‌लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।


म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल स्कट म्याक टोमिनीले गरेका थिए । उनले खेलको १९औँ र ६९औँ मिनेटमा गोल गरेका थिए ।

त्यसैगरी चेल्सीका लागि एक गोल कोल पाल्मरले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको १५ खेलमा २७ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

त्यसैगरी चेल्सीको भने यो यस सिजनमा छैटौँ हार हो । १५ खेलमा १९ अंक रहेको चेल्सी अहिले लिगमा १० औँ स्थानमा रहेको छ ।


Author

थप समाचार
x