फुटबल

'सी' डिभिजन लिग फुटबल फागुन १५ बाट गर्ने सहमति

इकागज |
मंसिर २०, २०८० बुधबार १६:४७ बजे

तस्बिरः एन्फा

काठमाडौँ- सहिद स्मारक 'सी' डिभिजन फुटबल लिग आगामी फागुन १५ गतेबाट हुने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार एन्फा र 'सी' डिभिजन क्लबका पदाधिकारीबीच भएको छलफल पछि लिग फागुन १५ गतेबाट गर्ने सहमति भएको हो ।


लिग सिंगल राउन्ड रोविनको आधारमा हुने तथा क्लब लाइसेन्सिङ पनि लागू गर्न सहमति भएको एन्फाले जनाएको छ ।

'सी' डिभिजन लिग गत वर्ष हुन सकेको थिएन ।


Author

थप समाचार
x