फुटबल

सिटीका स्ट्राइकर हालान्ड भन्छन् : ट्रेबलका लागि सबथोक गर्न तयार छु'

इकागज |
जेठ १९, २०८० शुक्रबार १७:१७ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि जितिसकेको म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डले आफूले सिटीका लागि ‘ट्रेबल’ जित्न सक्दो प्रयास गर्ने बताएका छन् । 

सिटीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । 'मलाई म्यानचेस्टर सिटीले खरिद गर्नुको कारण नै च्याम्पियन्स लिगको उपाधि जित्न हो र हामीले यो कुरा लुकाउनु आवश्यक छैन,' हालान्डले बीबीसीसँगको कुराकानीका क्रममा भने । 


सिटीले आर्सनललाई पछि पार्दै प्रिमियर लिगको उपाधि जितेको थियो । उसले शनिबार राति हुने एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड तथा ११ जुनमा च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई हराए, सिटीको इतिहासको पहिलो ट्रेबल र पहिलो च्याम्पियन्स लिग हुनेछ । 

हालान्डले च्याम्पियन्स लिग जित्ने आफ्नो सबैभन्दा ठूलो सपना रहेको र सपना साकार हुने विश्वास व्यक्त गरे । हालान्डले यो सिजन सिटीका लागि ५१ खेलम ५२ गोल र ९ असिस्ट गरेका छन् । 
 


Author

थप समाचार
x