फुटबल

साफ च्याम्पियनसीपमा दक्षिण एसियाबाहेकका राष्ट्रलाई बोलाउने तयारी

इकागज |
चैत १७, २०७९ शुक्रबार १६:२९ बजे

काठमाडौँ- साफ च्याम्पियनसीप फुटबल भारतको बेंग्लुरुमा जुन २१ बाट हुने पक्का भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कार्यकारी समितिको आज बसेको बैठकले साफ च्याम्पियनसीप जुन २१ देखि जुलाई ३ सम्म बेंग्लुरुमा गर्ने सुनिश्चित गरेको हो ।

अल इन्डिया फुटबल फेडेरेसनले च्याम्पियनसीपका लागि उक्त मिति र खेल स्थल प्रस्ताव गरेपछि त्यसलाई साफले अनुमोदन गरेको हो ।


कार्यकारी समितिले साफलाई थप प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसियाली मुलुकबाहेक अन्य एक वा दुई देशलाई बोलाउनेबारे छलफल समेत गरेको थियो ।


Author

थप समाचार
x