फुटबल

यू-१७ फुटबलः नेपालले आज बलियो रुससँग खेल्‍दै

इकागज |
चैत १२, २०७९ आइतवार ९:५९ बजे

काठमाडौँ- बंगलादेशको ढाकामा जारी साफ यू-१७ महिला च्याम्पियनसीप फुटबलको तेस्रो खेलमा नेपालले आज रुसको सामना गर्दैछ । नेपाल र रुसबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार राति ७ बजेबाट सुरु हुनेछ ।

अघिल्ला एक खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको नेपालले आज बलियो मानिएको रुसलाई पराजित गर्ने योजना सहित मैदानमा उत्रने छ । 


नेपालले पहिलो खेल भारतसँग ४-१ गोल अन्तरले हारेपनि दोस्रो खेलमा भुटानलाई ५-० ले पराजित गरेको थियो । रुसले पहिलो खेलमा बंगलादेशलाई ३-० तथा दोस्रो खेलमा भुटानलाई ९-१ गोलअन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । ​राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


Author

थप समाचार
x