फुटबल

मोरक्कोसँग ब्राजिलको हार

इकागज |
चैत १२, २०७९ आइतवार ८:३९ बजे

काठमाडौँ - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले मोरक्कोसँग पराजय भोगेको छ । शनिबार राति भएको खेलमा मोरक्कोले ब्राजिललाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलसम्मको यात्रा तय गरेको मोरक्कोले ब्राजिलमाथि पहिलो पटक जित हात पारेको हो ।


पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्न मोरक्कोका लागि सोफियान बौफाल र अब्देलहमिद साबिरीले एक-एक गोल गरे । ब्राजिलका लागि कासेमिरोले एक गोल फर्काए ।

२९औँ मिनेटमा गोल गर्दै सोफियानले मोरक्कोलाई सुरुवाती अग्रता दिलाए पनि कासेमिरोले ६७औँ मिनेटमा ब्राजिलका लागि बराबरी गोल गरे ।

तर साबिरीले ७९ औँ मिनेटमा गोल गर्दै मोरक्को जित सुनिश्चित गरे ।


Author

थप समाचार
x