फुटबल

थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्‌दै

इकागज |
चैत ११, २०७९ शनिबार ७:१८ बजे

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । ८ गतेदेखि सुरु भएको थ्री नेसन्स कप को दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन् लागेको हो ।

नेपालले लाओसलाई २–० ले पराजित गर्दै उद्‌घाटन खेलमा विजय हासिल गरिसकेको छ भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिडनेछन् ।


अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।


Author

थप समाचार
x