फुटबल

मेस्सीको गोलमा पीएसजीको जित

इकागज |
माघ २२, २०७९ आइतवार ९:३२ बजे

काठमाडौँ- फ्रेन्च लिग वानअन्तर्गत शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले टोलाउजलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

पीएसजीको जितमा अचरफ हकिमी र लियोनल मेस्सीले एक-एक गोल गरे । ब्रान्को भान डेन बुमेनले टोलाउजका लागि एक गोल फर्काए ।


ब्रान्कोले २० औँ मिनेटमा गोल गर्दै टोलाउजलाई सुरुवाती अग्रता दिलाए । तर हकिमीले ३८औँ मिनेटमा बराबरी गोल गर्दा मेस्सीले ५८ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई जित दिलाए ।

जितसँगै पीएसजीले २२ खेलबाट ५४ अंक जोडेको छ । दोस्रो स्थानको मार्सेलेको २१ खेलमा ४६ अंक छ ।


Author

थप समाचार
x