फुटबल

मोरक्कोका हकिमीलाई एमबाप्पेले भने, ‘दुखी नहुनू तिमीप्रति सबैले गर्व गर्छन्’

इकागज |
पुस १, २०७९ शुक्रबार १४:३६ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएपछि मोरक्कोका खेलाडीहरु निराश देखिए । मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले अर्जेन्टिनाविरुद्धको फाइनल सुनिश्चित गर्‍यो ।

तर प्रतियोगिताको ‘जायन्ट किलर’ को रुपमा रहेको मोरक्कोले फ्रान्सलाई कडा टक्कर दिएको थियो । खेलपछि फ्रान्सका खेलाडीहरु खुसी साटासाट गरिरहेका देखिन्थे ।


सोही क्रममा फ्रान्सका स्टार फरवार्ड कायलियन एमबाप्पेले मोरक्कोका डिफेन्डर अचरफ हकिमीलाई अंगालो हाले । असल मित्रको रुपमा रहेका एमबाप्पे र हकिमीले एक-अर्कालाई अंगालो हालेपछि उनीहरुबीचको सम्मानलाई दर्शाएको अलजजिराले उल्लेख गरेको छ ।

यसैबीच, एमबाप्पेले सामाजिक सञ्जाल ट्विटरमार्फत हकिमीलाई दुखी नहुन अनुरोध गर्दै सबैजना उनीमाथि गर्व गरिरहेको बताए । एमबाप्पेले मोरक्कोले इतिहास कायम गरेको समेत उल्लेख गरे ।

विश्वकपको सेमिफाइनल पुग्ने मोरक्को पहिलो अफ्रिकी राष्ट्र हो ।


Author

थप समाचार
x