फुटबल

अर्जेन्टिनाले विश्वकप जित्नेप्रति खुसी छैनन् रोनाल्डो

इकागज |
मंसिर २८, २०७९ बुधबार १४:४३ बजे

काठमाडौँ- ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाएका रोनाल्डोले अर्जेन्टिनाले विश्वकप जित्ने कुरालाई लिएर खुसी नहुने बताएका छन् ।

कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलबाटै ब्राजिल बाहिरिएपछि रोनाल्डोले चिरप्रतिद्वन्दी अर्जेन्टिनाले विश्वकप जिते खुसी नहुने धारणा राखेको रोयटर्सले जनाएको छ ।


सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा एक मुख्य खेलाडी रहेका रोनाल्डोले अर्जेन्टिनाले विश्वकप जिते आफू खुसी हुने कुरा केवल झुट हुने बताए ।

ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । तर अर्जेन्टिनाले भने क्रोएसियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।


Author

थप समाचार
x