फुटबल

अर्जेन्टिनाका मुख्य प्रशिक्षक स्कालोनी भन्छन्- क्रोएसियाविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ

इकागज |
मंसिर २७, २०७९ मंगलबार १२:२४ बजे

काठमाडौँ- अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत क्रोएसियाविरुद्धको सेमिफाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् ।

अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार आज राति १२:४५ बजेबाट सुरु हुनेछ । क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिल तथा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका थिए ।


स्कालोनीले क्रोएसिया बलियो टिम भएको तथा सेमिफाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा रहेको बताए । उनले क्रोएसियाले आफ्नो खेल्ने तरिकामा परिवर्तन गर्ने अपेक्षा नरहेको समेत विश्वास व्यक्त गरे ।

स्कालोनीका अनुसार क्रोएसियाविरुद्ध अर्जेन्टिनाले पनि खेल्नै शैलीमा परिवर्तन नगर्ने दाबी गरे ।


Author

थप समाचार
x