फुटबल

विश्वकपका दर्शकलाई मनोरञ्जन गराइरहेका एउटामात्र हात भएका जुआनरो

इकागज |
मंसिर २७, २०७९ मंगलबार ११:६ बजे

तस्बिरः अलजजिरा

काठमाडौँ- जुआनरो अगुइलो जन्मदा एउटा हात थिएन, अर्को हात अपूर्ण थियो । तर उनी अहिले चर्चित फ्रिस्टाइल फुटबलर तथा अरुलाई प्रेरणा दिने कुशल वक्ता पनि हुन् । उनी अहिले कतारमा जारी फिफा विश्वकपअन्तर्गत आफ्ना फुटबलको फ्रिस्टाइल क्रियाकलापबाट दर्शकहरूमा मन जितिरहेका छन् ।

उनी एजुकेसन सिटी स्टेडियमनजिकै कतार फाउन्डेसनको भवनबाहिर आफ्ना क्रियाकलापहरू गरिरहेका भेटिन्थे । फुटबल खेल हेर्न जाने दर्शक केही बेर जुआनरोले विश्वकपको आधिकारिक फुटबल अल रिहलाले देखाउने विभिन्न कला हेर्न रोकिन्थे ।


उनको फ्रिस्टाइल क्रियाकलापमा जगलिङ, डान्स र एरोब्याटिक समावेश छ ।

खासमा जुआनरो सन् १९८५ मा चिलीको सान्टियागोमा जन्मिए । उनी जन्मिदाँ नै फोकोमेलिया नामक दुर्लभ अवस्था उनमा देखा पर्‍यो जसका कारण दाहिने हातको विकास नभएको र बायाँ हात नै थिएन ।

‘मैले सात वर्षको हुँदा बललाई जुगल गर्न थालेको थिएँ,’ उनले बताए । तर त्यतिबेला उसलाई थाहा थिएन कि उनको यो क्रियाकलाप फुटबल लिजेन्डहरू तथा अन्य फुटबल खेलाडीका लागि खेलको एक हिस्सा हो भनेर ।

जुआनरोको राम्रो भविष्यका लागि उनको परिवार अमेरिकाको मियामी गए । उनीहरू सन् २००१ सम्म मियामीमै बसे । उनी सोही स्थानमा फ्रिस्टाइल फुटबल सिके । तर उनी एक्लै अभ्यास गर्थे ।

‘एकपटक मेरा एक साथी र मैले ब्राजिलियन स्टार रोनाल्डिन्होको फ्रिस्टाइल भिडियो डाउनलोड गरे । त्यसपछि त्यसलाई हेरेर अभ्यास गर्न थाले,’ उनी बताउँछन् ।

सन् २००७ मा जुआनरोले चिलीमा आयोजना भएको फ्रिस्टाइल फुटबल प्रतियोगितामा सहभागी भए र आफ्नो कला देखाउने मौका पाए ।

फ्रिस्टाइल फुटबलमा सफलता पाएपछि उनमा आत्मविश्वास जोग्यो उनी यात्रा गर्न थाले । अहिले उनी चर्चित वक्ता समेत बनेका छन् ।

श्रोतः अलजजिरा ।


Author

थप समाचार
x