फुटबल

फिफा विश्वकपः पोर्चुगललाई घर पठाउने योजनामा स्विट्जरल्याण्ड

इकागज |
मंसिर २०, २०७९ मंगलबार १२:१४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको अन्तिम प्रि-क्वार्टरफाइनलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्दैछन् । पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

पोर्चुगल समूह ‘एच’ को विजेता तथा स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता टोलीको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् ।


युवा तथा अनुभवी खेलाडीको सम्रिश्रण भएको पोर्चुगलले अनुभवी खेलाडी रहेको स्विट्जरल्याण्डलाई पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गर्न चाहन्छ ।

यता अधिकांश खेलाडी २७ देखि ३३ वर्षको बीचमा रहेका स्विट्जरल्याण्डले पनि आफ्नो अनुभवको आधारमा पोर्चुगललाई घर पठाउन चाहन्छ ।

इतिहास हेर्दा स्विट्जरल्याण्ड र पोर्चुगलबीच विश्वकपमा अहिलेसम्म कुनै खेल भएको छैन । तर सन् २००८ को युरोपियन च्याम्पियनसीपमा भने स्विट्जरल्याण्डले पोर्चुगललाई पराजित २-० ले पराजित गरेको थियो । त्यसैगरी गत जुनमा नेसन्स लिगअन्तर्गत दुबै टिमले एक-एक खेल जितेका थिए ।


Author

थप समाचार
x