फुटबल

फिफा विश्वकपः नकआउट चरणका दुई खेल हुँदै

इकागज |
मंसिर १८, २०७९ आइतबार ९:१ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज नकआउट चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्नेछ । फ्रान्स र पोल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

फ्रान्स समूह ‘डी’ को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । पोल्यान्ड समूह ‘सी’ को उपविजेता टोली हो ।  


दोस्रो खेल भने इंग्ल्यान्ड र सेनेगलबीच हुनेछ । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।

इंग्ल्यान्ड समूह ‘बी’ को विजेता टोली हो । सेनेगल भने समूह ‘ए’ मा उपविजेता बनेको थियो ।

 


Author

थप समाचार
x