फुटबल

फिफा विश्वकपः समूह 'ए' मा कुन टिम बलियो ?

इकागज |
मंसिर १३, २०७९ मंगलबार १२:५९ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'ए' को अन्तिम चरणका खेलहरु आज हुँदैछन् । आजै हुने खेलले समूह 'ए' बाट नकआउटमा पुग्ने दुई टोलीको टुंगो लगाउनेछ ।

समूह 'ए' अन्तर्गत इक्वेडरले र सेनेगल तथा नेदरल्यान्ड्सले कतारको सामना गर्दैछ । यी दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।


समूह 'ए' मा समान दुई खेलबाट ४-४ अंक जोड्दै नेदरल्यान्ड्स र इक्वेडर शीर्ष दुई स्थानमा छन् । यता ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ । अघिल्ला दुबै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको आयोजक कतार भने पुछारमा छ ।

अहिलेको अवस्थामा सेनेगल र इक्वेडरबीच हुने खेलको विजेता टोली अन्तिम १६ पुग्ने छ । खेल बराबरीमा टुंगिए दुबै टोलीको नकआउटमा पुग्ने सम्भावना रहन्छ तर नेदरल्यान्ड्सले कतारविरुद्ध पराजय भोग्नुपर्नेछ ।

यदि नेदरल्यान्ड्सले कतारलाई पराजित गरे नेदरल्यान्ड्स अघिल्लो चरणमा स्थान बनाउने छ । यदि नेदरल्यान्ड्स र कतारबीचको खेल बराबरीमा टुंगिएपनि अर्को खेलको नतिजाले अघिल्लो चरणमा प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ ।

अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० ले पराजित गर्दा इक्वेडरसँग १-१ को बराबरी खेलेको थियो । यता कतारले भने पहिलो खेल इक्वेडरसँग २-० ले हारेको थियो भने दोस्रो खेलमा सेनेगलसँग ३-१ को पराजय भोगेको थियो ।


Author

थप समाचार
x