फुटबल

फिफा विश्वकपः कतार, सेनेगल, वेल्स, इरान र अमेरिका जितको खोजीमा

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ९:२० बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह 'ए' र 'बी' का चार महत्वपूर्ण खेलहरु हुँदैछन् । समूह 'ए' अन्तर्गत आयोजक कतार र सेनेगलबीच तथा नेदरल्यान्ड्स र इक्वेडरबीच खेल हुनेछन् ।

आयोजक कतार र सेनेगलबीचको खेल अल थुमामा स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ । त्यसैगरी, नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल खलिफा इन्टरनेसनल स्टेडियममा राति ९:४५ बजेबाट सुरु हुनेछ ।


यस समूहमा कतार र सेनेगलले पहिलो जितको खोजिमा हुनेछन् । कतारले पहिलो खेलमा इक्वेडरसँग २-० तथा सेनेगलले नेदरल्यान्ड्ससँग २-० को पराजय भोगेको थियो ।

यता पहिलो खेलमा जित हात पारेका इक्वेडर र नेदरल्यान्ड्स भने आजको खेल जित्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउन चाहन्छ । इक्वेडर र नेदरल्यान्ड्समा समान ३-३ रहेको छ ।

त्यसैगरी, समूह 'बी' अन्तर्गत वेल्स र इरान तथा इंग्ल्यान्ड र अमेरिकाबीच खेल हुनेछ ।

वेल्स र इरानबीचको खेल अहमद बिन अली स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजेबाट सुरु हुनेछ । दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेल इरानले इंग्ल्यान्डसँग ६-२ गोल अन्तरले पराजित भएको थियो । यता वेल्सले भने अमेरिकासँग १-१ को बराबरी खेलेको थियो ।

इंग्ल्यान्ड र अमेरिकाबीचको खेल अल बायट स्टेडियममा राति १२:४५ बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x