फुटबल

मेस्सीले छाडे विश्वकप अघिको अभ्यास

इकागज |
मंसिर ३, २०७९ शनिबार १३:३९ बजे

काठमाडौँ- अर्जेन्टिनाका स्टर फरवार्ड लियोनल मेस्सी र अन्य ६ जना खेलाडीले विश्वकप अघिको अभ्यासमा अनुपस्थित भएका छन् । जोआक्विन कोरिया र निकोलास गोन्जालेज घाइते भएर घर फर्किएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले कुनै जोखिम लिन नखोजेको अलजजिराले जनाएको छ ।

कतार युनिभर्सिटीमा अर्जेन्टिनाको टिमले अभ्यास गर्दा मेस्सी, रोड्रिगो डी पाल, लियान्द्र परेडेस, निकोलस ओटामेन्डी, एन्जेल डी मारिया, लिजान्द्रो मार्टिनेज तथा जुआन फोयथले शुक्रबारको अभ्यासमा सामेल भएनन् ।


३५ खेलमा अपराजित हुँदै अर्जेन्टिना विश्वकप खेल्दैछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियाविरुद्ध नोभेम्बर २२, दोस्रो खेल मेक्सिकोविरुद्ध नोभेम्बर २६ तथा अन्तिम खेल पोल्यान्डविरुद्ध नोभेम्बर ३० मा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x