फुटबल

कतारमा वियर प्रतिबन्ध

इकागज |
मंसिर ३, २०७९ शनिबार १२:३६ बजे

काठमाडौँ- कतारमा आइतबारबाट सुरु हुने फिफा विश्वकपको खेलका क्रममा स्टेडियममा अल्कोहलिक वियर बिक्री नहुने भएको छ । फिफाले शुक्रबार स्टेडियममा वियर बिक्री नहुने जनाएको रोयटर्सले उल्लेख गरेको छ । 

मुस्लिम राष्ट्र कतारमा सार्वजनिक रुपमा रक्सी सेवन गर्न प्रतिबन्ध छ । विश्वकपका क्रममा रक्सी सेवनमाथि पहिलो पटक प्रतिबन्ध लागेको हो । 


इंग्ल्यान्डको फुटबल सपोटर्स एसोसियसनले सो निर्णयलाई लिएर आवास, यातायात वा सांस्कृतिक मुद्दाहरूमा कतार भ्रमण गर्ने समर्थकहरूलाई गरेको वाचा पूरा गर्न कतारको क्षमताको बारेमा चिन्ता व्यक्त गरेको छ । 

यसअघि विश्वकप आयोजकले प्रतियोगिताका क्रममा प्रशस्त मात्रामा रक्सी उपलब्ध हुने जनाएको थियो । 


Author

थप समाचार
x