फुटबल

फिफा विश्वकप २०१४

जब जर्मनीले ब्राजिललाई घरेलु मैदानमा निराश पार्‍यो

इकागज |
मंसिर २, २०७९ शुक्रबार १२:४५ बजे

काठमाडौँ- ब्राजिलले ६४ वर्षपछि सन् २०१४ मा पुनः फिफा विश्वकप फुटबल आयोजना गर्ने अवसर प्राप्त गर्‍यो । ब्राजिलको विभिन्न १२ स्टेडियममा विश्वकपका खेल खेलाइए भने फाइनल भने रियो दि जेनेरियोको माराकाना स्टेडियममा भएको थियो । 

ब्राजिलले विश्वकप आयोजना गर्दा अधिकांशको अपेक्षा पुरा गर्न सफल भयो भने स्मरणयोग्य समेत रह्यो । बोस्निया एन्ड हर्जगोभिनाले पहिलो पटक विश्वकप खेलेको थियो । 


फिफाले पहिलो पटक गोललाइन टेक्नोलोजी तथा फ्रि-किक प्रहार गर्ने स्थानका लागि स्प्रेको प्रयोग गर्ने प्रविधि ल्यायो । 

ब्राजिलमा अत्यधिक गर्मी भएका कारण फिफाले खेलाडी र अफिसियलका लागि कूलिङ ब्रेकको व्यवस्था गर्‍यो । खेल सुरु भएको ३० मिनेटपछि रेफ्रीको निर्णयमा विश्राम दिइने व्यवस्था मिलाइयो । 

साविक विजेता स्पेन समूह चरणबाट बाहिरिदा नेदरल्यान्ड्ससँग ५-१ को नमिठो पराजय भोगेको थियो । समूह ‘ड’ बाट इटाली र इंग्ल्यान्ड बाहिरिदा कोस्ट रिका र उरुग्वे अघिल्लो चरणमा प्रवेश गरेका थिए । 

नयाँ फुटबल स्टार नेयमारसहितको ब्राजिल विश्वकप जित्ने एउटा बलियो टोलीको रुपमा रहेको छ । क्वार्टरफाइनलमा कोलम्बियालाई पराजित गरे पनि नेयमार भने घाइते हुँदै विश्वकपबाट बाहिरिए । 

ब्राजिलमाथि जर्मनीले थप पीडा थप्न सफल भयो । सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७-१ गोलअन्तरले पाखा लगायो । 

लियोनल मेस्सीले अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍यायो । प्रतिस्पर्धात्मक फाइनलको निर्धारित ९० मिनेटमा गोल नभएपछि थप गरिएको अतिरिक्त समयमा मारियो गोमेजले गोल गर्दै जर्मनीलाई उपाधि दिलाए । 

विश्वकप भव्यरुपमा आयोजना भएपनि अस्पता तथा विद्यालय जस्ता आवश्यक भवन निर्माण नगरि स्टेडियम बनाउन जनताको पैसा खर्च गरेको भन्दै ब्राजिलभरी प्रदर्शन भएको थियो । 
(श्रोतः अलजजिरा)


Author

थप समाचार
x