फुटबल

साडियो मानेले विश्वकप गुमाउने निश्चित

इकागज |
मंसिर २, २०७९ शुक्रबार ११:० बजे

काठमाडौँ - सेनेगलका फरवार्ड साडियो मानेले कतारमा आइतबारबाट सुरु हुने फिफा विश्वकप गुमाउने निश्चित भएको छ । बार्यन म्युनिखका लागि खेल्ने क्रममा घाइते भएका मानेले विश्वकप गुमाउने बीबीसीले जनाएको छ ।

खुट्टाको शल्यक्रियापछि ३० वर्षीय मानेले विश्वकप गुमाउने सेनेगल फुटबल फेडेरेसनले सुनिश्चित गरेको हो ।


समूह ‘ए’ मा रहेको सेनेगलले पहिलो खेल सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ । सेनेगलले आयोजक कतारलाई नोभेम्बर २५ तथा इक्वेडरविरुद्ध नोभेम्बर २९ मा खेल्नेछ ।


Author

थप समाचार
x