फुटबल

‘अर्जेन्टिनालाई विश्वकप जित्न ब्राजिल, फ्रान्स र इंग्ल्यान्डले रोक्न सक्छ’

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १३:११ बजे

काठमाडौँ- अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले कतार विश्वकप फुटबलको उपाधि जित्नका लागि ब्राजिल, फ्रान्स र इंग्ल्यान्डको ठूलो चुनौती रहने दावी गरेका छन् ।

पेरिस सेन्ट जर्मेनका ३५ वर्षीय फरवार्ड मेस्सीले अर्जेन्टिनालाई तेस्रो तथा सन् १९८६ पछि पहिलो पटक विश्वकपको उपाधि दिलाउने उदेश्य बोकेका छन् ।


रोयटर्सले उल्लेख गरे अनुसार मेस्सीको नजरमा ब्राजिल, फ्रान्स र इंग्ल्यान्ड पनि उपाधिको मुख्य दावेदार हुन् ।

सन् २०१४ मा मेस्सीसहितको अर्जेन्टिनाको टिम फाइनलमा पुगे पनि जर्मनीसँग पराजित हुन पुगेको थियो ।

समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियाविरुद्ध खेल्नेछ । यस समूहमा मेक्सिको र पोल्यान्ड पनि रहेका छन् ।


Author

थप समाचार
x