अर्थ / बाणिज्य

आईएमई लाइफ इन्स्योरेन्सकाे चौथो वार्षिक साधारण सभा सम्पन्न

इकागज |
बैशाख १४, २०७९ बुधबार १९:८ बजे

काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको भापतित्वमा काठमाडाैँमा साधारण सभा सम्पन्न गरेको हो । 

उक्त सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरू पारित गरेको छ । कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरेको कम्पनीले जनाएको छ । 


कम्पनीमा सर्वसाधारणलाई छुट्टयाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत समेत गरेको छ । 

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको बताएका छन् । कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्‍याउन कटिबद्ध रहेको आर्यालले बताए । आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितो रुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता गरे । 


Author

थप समाचार
x