अर्थ / बाणिज्य

क्यान इन्फोटेकमा ‘डिजिटल बैंकिङ’ सिकाउँदै सनराइज बैंक

इकागज |
बैशाख ११, २०७९ आइतबार १५:५२ बजे

काठमाडौं– सनराइज बैंकले बुधबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको सुचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’मा सहभागी भएर अवलोकनकर्ता हरुलाई डिजिटल बैंकिङ बारे जानकारी गराइरहेको छ । 
बैंकले  मेलामा तीन वटा स्टल लिएर डिजिटल बैंकिङ बारे युवा र यस्ता प्रविधिमा चासो राख्ने मानिसहरुको आवश्यकता र चाहना सम्बोधन गर्दै आएको छ । यसले डिजिटल बैंकिङप्रति बैंकको प्रतिवद्धतालाई पनि दर्साउन सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । 


‘डिजिटल बैंकिङ बारे सनराइजले नविन कुराहरु प्रयोगमा ल्याएको, जुन अरु वित्तीय संस्थाहरुमा कमै देखिन्छ’ बैंकका ब्राण्डिङ प्रमुख सुमन थापा भन्छन्,  ‘यस मेलामार्फत डिजिटल बैंकिङमा सनराइज  बैंकको प्राथमिकता, अग्रता र पृथकता देखाउने मुख्य उद्देश्य रहेको छ ।’


थापाले भने, ‘क्यान इन्फोटेक’ भनेकै प्रविधिसम्बन्धी मेला हो । यससँग चासो राख्ने मानिसहरुले बढी मेलामा आउँछन् । त्यो कारणले उनीहरुमा पक्कै पनि डिजिटल बैंकिङ बारे चासो हुन्छ । जान्ने इच्छा हुन्छ । फिनटेकमा के कस्ता कुराहरु विकास भइरहेका छन् ? एउटा युवा बैंकिङ क्षेत्रसँग के कसरी जोडिन सक्छ ? उसले के कसरी सुरक्षित बैंकिङ गर्ने ? भन्ने कुराहरुमा सन्देश दिन बैंकले मेलामा सहभागिता जनाएको हो ।’ 

मेलामा बैंकले आफ्नो प्रोडक्टको प्रवर्द्धन गर्न मात्रै नभएर अवलोकन गर्न आएको मासलाई रमाइलो वातावरण निर्माण गर्ने र इन्गेजमेन्ट गर्ने काम पनि गरिरहेको छ । तीन वटा स्टलमध्ये एउटामा जसको खाता छैन्, उसलाई अनलाइनमार्फत तत्कालै खाता खोलिदिने काम सनराइन बैंकका कर्मचारीले गर्नेछन् । बैंकले सोही स्थानमै फोटो खिचेर उपलब्ध रहेको परिचयपत्रको आधारमा खाता खोल्ने काम बैंकले गरिदिनेछ । 


Author

थप समाचार
x