अर्थ / बाणिज्य

आयोनिक ५ यसै हप्ता सार्वजनिक हुने

इकागज |
फागुन ३, २०७८ मंगलबार १३:५९ बजे

काठमाडौँ - हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ इलेक्ट्रीक एसयूभी आयोनिक ५ सार्वजनिक गर्ने तयारी गरेको छ। सार्वजनिकको तरखरमा रहेको कम्पनीले जानकारी दिएको हो ।

हुन्डाईको कोना इलेक्ट्रिक कारले राम्रो लोकप्रियता कमाएसँगै कम्पनीले आयोनिक विद्युतीय कार ल्याउन लागेको जनाएको छ । कम्पनीले हुन्डाई अल न्यु बोल्ड, युनिक र डाइनामिक आयोनिक ५ यसै हप्ता सार्वजनिक गर्ने तयारी गरेको हो ।


आकर्षक फिचर र लुक्स र रियर ह्विल ड्राइभ रहेको यो कारमा सोलार एन्ड भिजन रूफ, भेहिकल टु लोड (भीटुएल) फिचर, एम्बिएन्ट मोड, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मनिटर र भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता फिचर रहेका छन् ।

एक पटक फुल चार्ज गरेपछि ३६५ किलोमिटर गुड्ने कम्पनीले जानकारी दिएको छ । साथै रूफ सोलारबाट समेत चार्ज हुने कम्पनीले जनाएको छ । आयोनिक ५ वातावरणमैत्री रहेको छ । भित्रीरूपमा प्रयोग सामाग्रीहरूमा हानिकारक केमिकलहरू प्रयोग भएका छैनन् । साथै प्राकृतिक ऊन लगायतको सामाग्री प्रयोग गरिएको छ । आयोनिक ५ हाल ११ ओटा कलरमा उपलब्ध हुनेछ ।


Author

थप समाचार
x