अर्थ / बाणिज्य

नेशनल लाइफको लाभांश घोषणा

इकागज |
माघ १३, २०७८ बिहीबार १२:१० बजे

काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनश सेयर र बोनशबापत सेयरमा लाग्ने कर प्रयोजन सहित एक प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश सेयर ६४ करोड ४२ लाख रुपैयाँ वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्ने छ । साधारणसभाले उक्त लाभांश पारित गरेपछि बल्ल सेयरधनीहरुले पाउने छन् ।



Author

थप समाचार
x