अर्थ / बाणिज्य

तीनपिप्ले–रानीपौवा सडक बनाउन लाग्यो ८३ करोडमा ठेक्का

इकागज |
फागुन १९, २०८० शनिबार १३:० बजे

काठमाडौँ- वर्षौंदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले-रानीपौवा सडक स्तरोन्नतिका लागि ठेक्का लागेको छ । ८३ करोड ३१ लाख ८५ हजार ६३७ (पीएस र भ्याटसहित) ठेक्का लागेको हो । 

शुक्रबार एक सूचना जारी गर्दै एम/एस मोतिदान कन्स्ट्रक्शन सेवा प्रालि महाराजगन्जलाई ठेक्का लागेको सडक डिभिजन नुवाकोटले जनाएको छ ।


साढे १४ किलोमिटर सडक खण्ड पर्ने तीनपिप्ले-रानीपौवा गुणस्तरीय कालोपत्रका लागि दुई वर्षभित्र स्तरोन्नति सकाउनु पर्ने सम्झौता हुन लागेको हो ।

नुवाकोटको सिसडोल बन्चरेडाँडामा फोहोर लैजाने र ककनी जाने एक मात्र सडक ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीले भत्काएर ९ वर्षसम्म अलपत्र पारेको थियो ।


Author

थप समाचार
x