अर्थ / बाणिज्य

अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

इकागज |
फागुन १५, २०८० मंगलबार २१:५४ बजे

काठमाडौँ- नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी-व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ ।

आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उष्कृष्ट गन्तव्य हो भने । उनले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सो सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाली उद्यमी-व्यवसायीलाई आग्रह गरे ।


गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरू तयार रहेको बताए । उनले लगानीको प्रतिफल बिनाझन्झट स्वदेश फिर्ता गर्न थप नीतिगत सुधार गर्नुपर्ने सुझाव दिए ।

दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले लगानी सम्मेलनका विविध पक्षबारे जानकारी दिँदै नेपालमा लगानीको समग्र नीति, कार्यविधि र संरचनागत व्यवस्थासम्बन्धी प्रस्तुति दिएका थिए । उनले लगानी बोर्डले अध्ययन गरिरहेका केही सम्भावित परियोजनाका बारेमा जानकारी पनि गराएका थिए । 

साउदर्न एकेडेमी समूहका प्रमुख कार्यकारी अधिकृत मन केसीले एनआरएनका तर्फबाट नेपालमा लगानीका सम्भाव्य विकल्पका बारेमा उल्लेख गरेका थिए । 


Author

थप समाचार
x