अर्थ / बाणिज्य

सामसङ कम्पनीका कर्मचारीहरू हडताल गर्ने तयारीमा

इकागज |
फागुन ८, २०८० मंगलबार १४:२१ बजे

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सका कर्मचारीहरू हडतालमा उत्रने तयारी गरिरहेका छन् ।

सामसङ इलेक्ट्रोनिक्सका व्यवस्थापन तथा मजदुर संघबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि कर्मचारीहरू हडतालमा उत्रने तयारीमा जुटेको आईएएनएसले जनाएको छ ।


टेक्नोलोजी जायन्ट सामसङका व्यवस्थापन तथा नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियनको मंगलबार भएको छैटौं चरणको वार्ताले पनि पारिश्रमिक बढाउने कुरामा सहमति जुटाउन नसकेको बताइएको छ ।

व्यवस्थापन पक्षले पारिश्रमिकमा २.५ प्रतिशत बढाउने जनाएपनि युनियनले भने ८.१ प्रतिशत वृद्धि गरिनुपर्ने अडान लिएको छ ।

सन् १९६९ मा स्थापना भएको सामसङ इलेक्ट्रोनिक्सको युनियनमा १७ हजार कर्मचारी आबद्ध रहेका छन् ।


Author

थप समाचार
x