अर्थ / बाणिज्य

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक

इकागज |
मंसिर २२, २०८० शुक्रबार ११:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । 

सञ्चालक समितिको बैठकले पारित गरेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको हो । यसका लागि सञ्चालक समितिको बैठक बसेको छ ।


यसअघि बिहीबार बसेको गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले भने समीक्षा पारित गरिसकेको छ ।  

कात्तिक मसान्तभित्र सार्वजनिक गर्नुपर्ने समीक्षा यसवर्ष एक महिना ढिलो गरी सार्वजनिक गर्न लागिएको हो । 
 


Author

थप समाचार
x