अर्थ / बाणिज्य

‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल स्पोन्सरमा क्लोजअप नेपाल

इकागज |
कात्तिक २३, २०८० बिहीबार १५:१७ बजे

काठमाडौँ – विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डको रूपमा नाम कमाएको क्लोजअप नेपाल, यादगार पलहरू बनाउँदै, युवासँग सम्बन्ध गाँस्ने प्रतिबद्धता जारी राख्दै अति अपेक्षित ‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल सेन्सरसिपको घोषणा गरेको छ ।

काठमाडौँकाे बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा यही नोभेम्बर २५मा हुन गइरहेको उक्त कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सन्सले गरिरहेको छ ।


यस कन्सर्टमा आउने सबैका लागि अविस्मरणीय अनुभव बनाउनका निम्ति क्लोजअप नेपालले तयारी गरिरहेको छ ।

पछिल्लो समयमा प्रतिभाशाली सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक सञ्जालमा फर्स्ट मुभ #NajikAau ​(नजिक आउ) डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो ।

आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको थियो । यो सेन्सरसिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल हो ।

यस कार्यक्रमको टाईटल स्पोन्सरको रूपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा श्रोतासँग दीर्घकालीन सम्बन्ध स्थापना गर्नु हो ।

यस कन्सर्टको अग्रिम चरणमा नै प्राप्त भएको उत्साह, माया र समर्थनका लागि सम्पूर्ण संगीतप्रेमी र समर्थकहरू प्रति क्लोजअप नेपाल आभारी व्यक्त गरेको छ ।


Author

थप समाचार
x