अर्थ / बाणिज्य

विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम छ : व्यापारी

इकागज |
कात्तिक ५, २०८० आइतबार १४:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- खसीबोका व्यापारीहरूले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् । 

नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरूबाट खसीबोका ल्याए पनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरे । उनीहरूले दुर्गम जिल्लाहरूबाट खसी बोका किनेर नल्याउँदा काठमाडौँ उपत्यकामा खसीबोका महंगो परेको बताए । उनीहरूले सरकारले काठमाडौँ भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरूबाट नल्याएकाले महंगो पर्न गएको उनीहरूको भनाइ छ ।


एक सर्वसाधारणले काठमाडौँ आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महंगो परेको बताए । त्यस्तै पशुचौपाया खरिद बिक्री संघका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रे बिक्री भइरहेको बताए । उनले मानिसहरूसँग पैसा कमी भएकाले दसैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताए । यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरू प्रशस्त रहेको बताए ।

उनीहरूले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ। काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौँ आएको बताए ।

 


Author

थप समाचार
x