अर्थ / बाणिज्य

पोखरामा माइलेज टेस्ट एनटर्क ओनर्स ग्रुप राइड सम्पन्न

इकागज |
कात्तिक १, २०८० बुधबार १२:५० बजे

काठमाडौँ – नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलता पूर्वक सम्पन्न गरेको छ ।

गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्स) देखि ढिकी डाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको एनओजीले जनाएकाे छ ।


माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज र्यालीजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिएको पनि एनओजीले जनाएकाे छ।

उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो हुन सफल भएका थिए ।

माइलेजका विजेताहरूलाई पुरस्कार वितरणसँगै माइलेज टेस्ट एनओजी राइडमा राइडरहरू बीच विभिन्न खेलहरू समेत खेलाइएको आयोजकले जानकारी गराएका छन् ।

साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र र उपहारहरू पनि प्रदान गरिएको आयोजकले बताए । 

करिब ५० जना राइडरहरू सहभागी भएको उक्त माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

साथै, उक्त राइडमा प्राविधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो । 


Author

थप समाचार
x