अर्थ / बाणिज्य

हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट दिँदै सेल्सवेरी

३०औं वार्षिकोत्सव र दसैंको अवसरमा आकर्षक अफर

इकागज |
असोज २९, २०८० सोमबार १७:३६ बजे

काठमाडौँ – नेपालीहरूको महान पर्व दसैंको अवसर तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको हाे । उक्त अफर सेल्सवेरीका  काठमाडौँ उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरूमा लागु हुने कम्पनीले जनाएको छ ।


घरायसी, खाद्यान्न तथा किचनका सामानहरूमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । क्यास ब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ ।

इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।

हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थसमेत सेल्सवेरीले मिलाएको छ । 

त्यसै गरी सेल्सवेरीले काठमाडौंको महाराजगञ्ज नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ । स्थापनाको ३०औं वार्षिकोत्सवको सन्दर्भ र दसैंको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याउन सफल भएको हो ।

अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँ पनको झझल्को दिन सेल्सवेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङगले जानकारी दिए । ‘यो भवन सपिङमा नयाँ गन्तव्यका रूपमा विकसित हुनेछ,’ उनले भने, ‘नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिँदैछौं ।’

 
 


Author

थप समाचार
x