अर्थ / बाणिज्य

सीजीनेटको ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन : तीन गुणा गति, क्यासब्याक लगायतका अफर

इकागज |
असोज १२, २०८० शुक्रबार १७:४४ बजे

काठमाडौँ– सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा सँग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन 'ह्याट्रिक दक्षिणा' सार्वजनिक गरेको छ ।

नजिकिँदो महान चाड दशैँ र क्रिकेट विश्वकप लाई दृष्टिगत गर्दै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनीय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ ।


सीजी डिजिटल र सीजीनेट बीचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै, योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै ३२ हजार ८५९ रुपैयाँ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेटंआईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् । यो वास्तविक मूल्यको आधा हो ।

त्यसैगरी ३२ इञ्चको सीजी स्मार्ट टीभी, २२ हजार ६४४ रुपैयाँमा खरिद गर्दा तीन महिनाका लागि सीजीनेट आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरू खरिद गर्दा पाँच सय रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

सीजीनेटले भरखरै आफ्ना सेवाहरू पोखरा, विराटनगर, ईटहरी, धरान र वीरगञ्ज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ । कम्पनीका सेवाको उपभोग हेटौडा, बुटवल, भैरहवा, भरतपुर, सिमरा, बर्दघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ ।

उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरूमा आईपीटीभी पनि समावेश गर्दै सर्वसाधारणका साथै बिजिनेसलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ ।


Author

थप समाचार
x