अर्थ / बाणिज्य

आईएमईको आइपिओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

इकागज |
बैशाख १३, २०८० बुधबार १३:१५ बजे

काठमाडौं – आईएमई  लिमिटेडको साधारण सेयर(आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । ​

मंगलबार आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धी  सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


आईएमईले  आफ्नो एक अर्ब रूपैँया जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर (आइपिओ) सर्वसाधारणका लागि  सार्वजनिक निष्कासन गर्न लागेको हो ।

आईएमई ग्रुपले केही समय यता आफ्नो लगानीमा भएका कम्पनीहरूलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।


Author

थप समाचार
x