अर्थ / बाणिज्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीनसँगै भद्रपुर उडानकाे सुरुवात

धनबहादुर गुरुङ |
फागुन २६, २०७९ शुक्रबार २१:१८ बजे

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडासँगै भद्रपुर उडानकाे सुरुवात गरेको छ । बिहीबार राति नै झापाको भद्रपुरबाट बुद्धको जहाज पोखरा आएको थियो ।

जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका थिए । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । बुधबार राति उडान भएसँगै आन्तरिक उडानतर्फ बिहानदेखि सुरु भए पनि दिउँसो ४ बजे विमानस्थल बन्द अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य भएको विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।


बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देशका विभिन्न चार गन्तव्यबाट बिहीबार ९ मार्चदेखि रात्रिकालीन उडान सुरु गरेको हो । काठमाडौं, भद्रपुर, भैरहवा तथा नेपालगञ्जबाट रात्रिकालीन उडान भइहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कणले बताए । बुद्ध एयरसँगै यसअघि शौर्य एयरलाइन्सले रात्रिकालीन उडान गरेको थियो । एयरलाइन्सका एटीआर–७२ जहाज तथा एटीआर–४२ जहाजबाट उडान हुनेछ ।

‘रात्रीकालीन उडानको समय काठमाडौं–पोखरा १९ः३५ बजे, पोखरा–काठमाडौं १७ः३० भद्रपुर–पोखरा १८ः५५ नेपालगञ्ज–पोखरा १९ः३० भैरहवा–पोखरा १९ः२५ सुरु भएको हो । यी चारै गन्तव्यका जहाजहरू रात्रि विसान पोखरामै हुन्छ । भोलिपल्ट बिहानै ती जहाजहरूबाट पुनः काठमाडौं, भैरहवा, नेपालगञ्ज तथा भद्रपुरको उडान भर्नेछन्,’ कर्णले भने ।

शुक्रबार बिहान मात्र पोखरादेखि भद्रपुरसम्म निजी क्षेत्रको बुद्ध एयरले सीधा हवाई उडान सुरु गरेको छ । ‘बिहीबार बेलुका नै बुद्ध एयरलाइन्सको विमान भद्रपुरबाट पोखरा अवतरण गरेको थियो । शुक्रबार उक्त विमानले पोखरादेखि भद्रपुरसम्मको उडान सफलताका साथ अवतरण गरेको छ,’ प्रमुख गौतमले भने । एयरलाइन्सले पोखरा भद्रपुर उडान गर्न शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पर्यटन व्यवसायी र पत्रकारहरूको टोलीलाई लिएर पुगेको थियो ।


 


Author

थप समाचार
x