अर्थ / बाणिज्य

नेपाली रुपैयाँ इतिहासकै कमजोर

इकागज |
भदौ २, २०७९ बिहीबार १०:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ४२ पैसा र युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ४५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ९४ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा रहेको छ ।


रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।


Author

थप समाचार
x