अर्थ / बाणिज्य

कर्णाली सरकारले ल्यायो ३२ अर्ब बढीको बजेट

लक्ष्मी भण्डारी |
असार १, २०७९ बुधबार १७:५८ बजे

सुर्खेत - आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट विनियोजन गरेको छ । 

आज प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका छन् । जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख  २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।
 



Author

थप समाचार
x