जात्रा-पर्व

काठमाडौँमा ईद-उल फित्रको रौनक (फोटो फिचर)

इकागज |
चैत २९, २०८० बिहीबार १०:३ बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र (ईद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । 

बुधबार चन्द्रमा नदेखिएकाले आज ईद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।


ईद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८  अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । 

यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उहाँले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए । 

काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनी बताउँछन् । 'संस्कृति बचाउन स्थान चाहिन्छ', उनी भन्छन् 'देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।'

काठमाडौँको काश्मिरी तकिया मस्जिदमा ईद रौनकको तस्बिरहरू

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज


Author

थप समाचार
x