जात्रा-पर्व

पाथीभरामा एक महिनाको भेटी ३५ लाख

इकागज |
माघ ३, २०८० बुधबार १७:२८ बजे

फुङ्लिङ - ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । 

उनका अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार भेटी रकम संकलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम संकलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।


संकलित यो रकम नेपाल बैंक लिमिटेड, सानिमा बैंक र एनएमबी बैंकमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । संकलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ । 
 


Author

थप समाचार
x