जात्रा-पर्व

टुँडिखेलमा भागदौड हुँदा आठ घाइते

इकागज |
माघ १, २०८० सोमबार १७:२६ बजे

काठमाडौँ- माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । 

उपरीक्षक ढुङ्गेलले भने, 'आज टुँडिखेलमा ठूलो सङ्ख्यामा थारू र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।'


घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ 


Author

थप समाचार
x